३ मंसिर २०७७, बुधबार   97 पटक हेरिएको


image

यो वर्षको नारा ‘एन्टीमाइक्रोबिएल अर्थात एन्टिबायोटिक (Antibiotics) औैषधिहरु सावधानीका साथ प्रयोग गरौँ’ भन्ने रहेको छ। १८ नोभेम्बर  देखी २४ नोबेम्बर सम्म विश्वभरीनै विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। सोही अवसरमा  स्वास्थ्य तथा जनसंख्या मन्त्राललये एन्टीबायोटीक (Antibiotics) औसधी जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ। 

 मन्त्राललये चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक (Antibiotics) औषधिको प्रयोगको  तरीका  नमिलाई अत्याधिक मात्रामा  प्रयोगले गर्नाले हानीकारक हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्राललये एन्टीबायोटीक औसधी जथाभाबी प्रयोग गर्न आग्रह गरेको हो ।ब्याक्टेरीयाका विरुद्धमात्र एन्टीबायोटीक प्रयोग गर्न मन्त्राललये आग्रह गरेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतममले ‘एन्टीमाइक्रोबिएल सचेतना सप्ताह’ पारेर एन्टिबायोटिक औसधी  ब्याक्टेरियाका विरुद्धमा प्रयोग हुने हुँदा यस्ता औषधिले भाइरसका विरुद्ध काम गर्न नसक्ने भन्दै  प्रयोगशाला परीक्षणबाट  भाइरसबाट भएको हो कि ब्याक्टेरियाबाट भएको हो भनेर यकिन गरेरमात्र औषधिको प्रयोग गर्न अनुरोध गरेका छन्।त्यसैले कोरोना संक्रमितले आफु पोजेटिभ हो वा होइन यकीन भए पछि मात्र एन्टिबायोटिक औसधी प्रयोग गर्ने सुझाएको हो   ।   

यस्तो अवस्थामा एन्टीबायोटीकको अनुचित प्रयोग गर्दा एन्टिबायोटिक प्रतिरोधको जोखिमलाई झन बढाउँछ र भविष्यमा सामान्य खालको रोग लाग्दाको अवस्थामा निको नहुने र मानिसहरु झन जोखिममा पर्ने सम्भावना रहने हुदा झन जटिल अवस्था आऊन सक्ने भन्दै चेतावनी जताउनु भयो । ‘कोभिड- १९ संक्रमण भाइरसका कारण हुने हुदा कोभिड-१९ को उपचारमा (एन्टिबायोटिक) ब्याक्टेरियालाई दिने औसधी प्रयोग नगर्न सुझाब दिनु भएको छ ।





सम्बन्धित समाचार

आग,’ लागी नियन्त्रण, मौसम सफा होला त ?

 १७ चैत्र २०७७, मंगलवार