३ मंसिर २०७७, बुधबार   62 पटक हेरिएको


image

तिहार सकिए लगत्तै खुलेको शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । आजको बजार बढोत्तरीले बजारमा कारोबारमा सक्रिय रहेका लगानीकर्ताले सेयरको खरीद चाप बढाउन थालेको देखिएको छ ।

सेयर बजारको अवस्था, माग र आपूर्तिमा निर्भर रहन्छ । माग बढी भएकै कारण परिसूचक दोहोरो अंकले बढेको विश्लेषकहरु बताउँछन् ।
र आगामी दिनमा पनि यसले निरन्तरता पाउने शेयर जानकार दिपक कार्की बताउछन।

यो दिन बन्किंग समूहको उपसूचक १.२८ अंकले, बिकास बैंक तर्फ २०.६ अंकले त्यस्तै जलविद्युत समूहमा ४३.८६ अंक घटे पनि बाँकी सबै समूहको सूचक हराभरा भयो । यो दिन ब्यापार समुहको उपसुचक १८१.०८, होटल समूहमा ३९.०६ अंक, बित्त समूहमा ८.४३ अंक, निर्जीवन बिमा समूहमा ३९७.४८ अंक, जीवन बिमा समूहमा ५२१.३७ अंक, उत्पादन तथा प्रशोधन समूहमा २३५.४५ अंक, माइक्रोफाइनान्स समूहमा १४.६ अंक, अन्य समूहमा २९.९७ अंक र म्युचुअल फण्ड समूहमा ०.१६ अंकको बढोत्तरी भयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर चार अर्ब ८९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँमा किनबेच भयो ।
यो दिन नेपाल पुनर्बिमा कम्पनीको करिब ३३ करोड बढीको सेयर कारोबार भयो । यस्तै, नेपाल टेलिकमको ३० करोड, नेपाल लाइफ इन्सुरेन्स को २५ करोड बढीको कारोबार भयो।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ६ वटा कम्पनीको सेयर करिब १० प्रतिसतले बढ्यो ।

यस दिन कारोबारमा आएका ७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ वटा कम्पनीको शेयरमुल्य घटेको छ।
गोर्खाज फाइनान्स, हिमालयन डिस्टीलरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, बोटलर्स नेपाल(तराई) लिमीटेडको सेयरमूल्य १० प्रतिशत हाराहारीले बढ्यो ।
यो दिन गलेम्दी हाइड्रोपावर, युनाइटेड मोदी, दिव्यश्वरी हाइड्रोपावर, सबैको लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत हाराहारीले घट्यो ।





सम्बन्धित समाचार