३ मंसिर २०७७, बुधबार   128 पटक हेरिएको


image

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (GLICL) को कार्तिक ३ गते सोमबार बसेको सञ्चालक समितिको  बैठकले गरेको  निर्णय अनुसार कम्पनीको  १० औ वार्षिक साधारण सभा भोलि मंसिर ४ गते बिहीबार हुनेछ ।

 सो  सभाले  सञ्चालक समितिको  बैठकले गरेको  निर्णय अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई ५.२५ % शेयर र सो मा  लाग्ने कर वापत ५१  लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र ) नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिन । २०७६.११.२२ गते सम्म खरीद गरेका शेयर धनिलाई ९३,८५,२०० कित्ता यस कम्पनिले २०७७.०३.१४ गते देखि २०७७.०४.०४ गते सम्म रित पुगेको शेयर धनिलाई १:१ का दरले हकप्रद शेयर जारी गरी सकेको छ ।

 कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक २० गतेबाट मंसिर ४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको  छ ।

कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार