३ मंसिर २०७७, बुधबार   852 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आज मङ्सिर ३ गतेको बस्ने भएको छ ।  

उक्त साधरण सभा आज बुधबार, बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

आज बस्ने सभाबाट  बैंकले निष्कासन गर्न लागेको  साधारण शेयर (आइपिओ) को समेत छीनोफानो गर्ने कार्यक्रम रहेको छ । बैंकले यसअघिको  साधारण सभामा पनि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको  थियो , बिशेष कारणबस  शेयर निष्कासन कार्यले पूर्णरूप नभएकोले  यसै सभाबाट शेयर निष्कासन को लागि प्रस्ताव पारित गर्न लागेको जनाएको  छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको  हो  । 

सभामा बैंकको  सञ्चालक समितिको  तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथी छलफल तथा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने जनाएको छ।





सम्बन्धित समाचार