३ मंसिर २०७७, बुधबार   68 पटक हेरिएको


image

मेष 

स्वास्थ्यमा सुधार आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ।  तपाईको लागि आजको दिन एकदम राम्रो रहेको देखिन्छ । महिनाको अन्त्यतिर केहि फाइदा हुने खालको समय रहेको देखिन्छ । सोचेर अगाडी बढ्नु होला ।भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ।

वृष 

साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला । स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला। ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ।

मिथुन 

तपाईंको धैर्यता र गाम्भिरताले आजको दिन सफल रहला । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।आजको दिन तपाईंलाई पारिवारिक सहयोग प्राप्त हुने समय रहेकोछ। धन,प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला ।

 कर्कट 

आज सन्तानबाट सहयोग मिल्नेछ । आफन्तबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसंग भेट होला ।साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

 सिंह 

तपाईको  स्वास्थ्यमा सुधार आउन सक्ने छ । व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान् , बिदेश यात्राका अवसर हरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।भाग्यले साथ दिने समय रहेको छ ।धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ।

 कन्या 

सामाजिक मानसम्मान मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। राम्रो काम बन्ने खालको समय रहेको देखिन्छ । सामान्य विवाद हुने छ । केहि बोल्दा विचार गरेर मात्र बोल्नु होला । धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन।

 तुला 

अरूलाई प्रभावित पारेर काम बन्नेछ । तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला । सामाजिक पद प्रतिष्ठा प्राप्त होला ।  नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।मनमा शान्ति तथा उत्साह प्राप्त होला ।

वृश्चिक 

आजको दिन बोल्दा सावधानी अपनाउनुहोला। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ। आजको दिन धैर्य तथा साहसले काम लिनुहोला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

 धनु 

शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ। आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनीपनि हुनसक्छ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ।

 मकर 

अनावश्यक धन खर्च हुनेछ । तपाईले गरेको काममा ढिलासुस्ती हुनेछ । अनाबस्यक वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । काम गर्ने हौसला मिल्नेछ । तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ । हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।

 कुम्भ

तपाईको लाभहुने समय आएको छ । ठुला-ठुला कठिनाईबाट छुटकारा मिल्नेछ । नया काम थालनी हुने दिन रहेको छ । नोकरीमा उतारच ढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।

 मीन 

आजको दिन स-साना अवरोध आउन सक्छ। कु संगतमा फसिएला सावधान रहनुहोला। पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ । आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरु शुचारु हुनेछन। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार