२ मंसिर २०७७, मंगलवार   100 पटक हेरिएको


image

हिन्दू  नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौ दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तराई क्षेत्रमा तिहारलाई दिपावली भनि मनाउने चलन रहेको छ ।देशको  कुना कुनामा  तिहार सकिएसँगै बिशेष त मधेसी समूदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ । तर केही दशक पहिले सम्म तराई क्षेत्रमा मनाउने भनि प्रचलनमा रहेको छठ अहिले अधिकाश हिन्दू समुदायले बिशेष रूपले मनाउने गरिएको पाऊन थालिएको छ ।

सन्तान प्राप्ति,दुःखकष्ट रोग निदान र पारिवारिक सुख शान्ति, समृद्धका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवजन्तु प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ। यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यो सबै हिन्दूको साझा पर्ब को रुपमा परिचित हुदै गएको छ । यो पर्ब मनाऊनको निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारणहरु अहिले बजारमा  व्यस्त भएको पाऊछौ  ।

यस पर्वमा आवश्यक पर्ने साधनमा बाँसका नया  डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री, नरिवल र सख्खर किनमेल गर्नेको भीड बढेको छ । यस पर्वमा बिशेष रुपमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, मुला, सुथनी, अदुवा, उखु, केराऊ, ठेकुवा र मीठाइ आदि  चढाउने गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वमा सूर्य भगवानको पुजा आराधना गरि मनाउने पर्ब हो । सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको लागि पहिलो दिन नुहाएर चोखो भई बस्ने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।यो पर्ब मा ब्रत बस्ने भक्तालूले पहिलो दिन लौका ,तोरी को साग आदि जस्ता खाद्य पदार्थ खाने गर्दछन  भने दोस्रो दिन खीर ,रोटी ,फलफूल आदि खानेकुरा खाने गर्दछन  । यस पर्बमा बिशेष रूपमा आफ्नो भाकल पूरा भए पछि भुईपरी  अर्थात डंडी (कांडा) लिई भुईमा डंडीले नापी भाकल पूरा भएको अवस्थामा सो भाकल पुरा गर्छन । यस अवधिभरि अखाद्य बस्तुको रुपमा लिने माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्य वस्तु अनिवार्य रुपमा बार्ने वा प्रयोग नगर्ने  चलन रहेको छ  । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले विभिन्न ताल नदी छेउछाउमा यो पर्व मनाईन्छ ।

यो पटक  कोरोनाको महामारीले गर्दा पहिलेजस्तो भीडभाड गर्न नहुने भएकोले यो पटकको  छठ पूजाका लागि भौतिक दूरी कायम गरि छुट्टाछुट्टै रुपमा वा आ आफ्नो घर मै पूजाआज गर्न प्रशासनले आग्रह गरेको  छ भने विभिन्न स्थानहरुमा सरसफाइ तथा घाट निर्माण कार्य भइरहेको सूचना प्राप्त भएको  छ ।





सम्बन्धित समाचार