२ मंसिर २०७७, मंगलवार   46 पटक हेरिएको


image

मेष 

व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न हतार नगर्नुहोला। अप्रिय समाचार आउने खालको समय रहेको देखिन्छ । सोचे विपरित फल मिलनाले तपाईको मनएकदम खुसि रहने देखिन्छ ।

वृष 

आजको दिन तपाईंमा नयाँ नयाँ सोच र बिचारको उदय होला । साहित्यिक तथा रचनात्मक कार्य गरिएला । कुनै पनि पद तथा नेतृत्व प्राप्त होला । तिर्थयात्रा पनि हुनसक्छ।भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।

 मिथुन 

प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

 कर्कट 

आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समय छ । विभिन्न प्रकारका धन तथा सम्पत्तिको लाभ होला । आजको दिन कुनै तिर्थयात्रा तथा पुजापाठमा सहभागी भईएला।

 सिंह 

आजको दिन भगवान गणेशको आराधना गर्नाले राम्रो हुन्छ। अध्ययनमा प्रगति हुनेछ। व्यापार बढ्नेछ। प्रयत्न गर्दा रोकिएका काम पनि सम्पादन हुनेछन्। परिवारसँग सामाजिक गतिविधिहरु अत्यधिक सुखद हुनेछन्। आफ्नो उच्चतम लक्ष्यमा पुग्न आवश्यक कदम चाल्नुपर्छ।

 कन्या 

पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। आजको दिन तपाईंले बोलचाली तथा व्यवहारमा परिवर्तन गर्नुहोला ।आजको दिन अखाद्य भोजन खानाले स्वास्थ्यमा समस्या आउनसक्छ।मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। विवादास्पद जिम्मेवारी आउन सक्छ। गरेर अरूको मन जित्न सकिनेछ। नियमित काममा बाधा पर्ने छैन।

 तुला 

सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ। सहयोगीहरूले साथ दिनेछन्।  आफ्नै मेहेनतको कमाई खानु उचित हुनेछ ।त्यति मन रमाउने बेला रहेको देखिन्न । अरुले कमाएको कमाईबाट खानु पर्ने अवस्था रहेको छ ।

वृश्चिक 

यश तथा प्रतिष्ठामा वृद्धि होला । आजको दिन तपाईंको पराक्रममा वृद्धि होला । मान,सम्मान, रहनसहन व्यक्तित्वमा बिकासका साथसाथै उद्योग तथा व्यवसायमा लाभ होला।

 धनु 

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ।

 मकर 

नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

 कुम्भ

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा विशेष जिम्मेवारी पनि प्राप्त हुनेछ। घरमा काम गर्दा विशेष ध्यान गर्नुहोस्। घरेलू सामानहरूको लापरवाह प्रयोगले तपाईंलाई समस्या पैदा गर्न सक्छ। । साझेदारीको अवसर राम्रो देखिन्छ, तर लाभ राम्रो हुने छैन।

 मीन 

आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।आजको दिन तपाईंको गुमेको वा नसोचेको धन प्राप्त होला  प्रेममा वृद्धि हुनेछ  । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आर्थिक स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार