यदि तपाईंको कपाल पनि धेरै झर्छ भने बजारमा कुनै पनि महँगो सामान किन्नु पर्दैन । हामी घरको उपचार गरेर आफ्नो कपाललाई सुन्दर बनाउन सक्छौं र यो धेरै कालो र चमकदार हुनेछ । मेथी साँच्चिकै अद्धभुत मसला हो जसले हाम्रो खाना लाई स्वादिष्ट बनाउँदछ, र यो धेरै प्रकारका मसलाहरूमा प्रयोग गरिन्छ, जुन कुनै चीज स्वादिष्ट बनाउनका लागि धेरै महत्त्वपूर्ण हुन्छ ।
मेथीको दानामा प्रोटीन, भिटामिन सी, फलाम, पोटाशियम र निकोटीन जस्ता पौष्टिक तत्त्व हुन्छन् जुन हाम्रो कपालका लागि अत्यन्त उपयोगी हुन्छ । मेथिको दाना कपालमा उपयोग गर्नु सर्वप्रथम मेथीलाई २ घण्टासम्म पानीमा भिजाएपछि भिजाएको मेथी र पानीलाई अलग अलग छानेर छुट्याउनुहोस् । अब यो पानी लाई उपयोग गर्नका लागी त्यस पानीलाई कपालमा लगाउनुहोस् ।
राम्रोको लागी मेथी पानीलाई रातिमा लगाएर सुत्नुहोस् र बिहान उठेर राम्रोसाग धुनुहोस् । मेथीको मास्क बनाउन, मेथी पीसेर पाउडर बनाउँनुहोस् र नरिवलको दुधमा राम्रोसँग फेट्नुहोस् । त्यसपछि यसलाई आधा घण्टासम्म कपालमा लगाउनुहोस् र चिसो पानी प्रयोग गरी स्याम्पुले धुनुहोस् ।
कपाल झर्ने समस्याको लागि, तपाईंले मेथीको दाना मज्जाले पिसेर पाउडरमा बनाउनुहोस् र यसमा नरिवल तेल वा जैतूनको तेल थप्न सक्नुहुन्छ। अब यसरी तयार भएको पेस्टलाई जुन जुन ठाउँबाट धेरै कपाल झर्ने समस्या आइपरेको छ त्यस ठाउँमा यो पेस्ट लगाउनुहोस् र १० /१५ मिनेटसम्म छोड्दिनुहोस् ।
समय पुरा भइसकेपछि पानीले धुनुहोस् । तपाईहरुले यस्लाई जरुर ट्राइ गर्नुहोस् । यो तपाईको झर्ने कपालको लागी एकदमै फाइदाजनक छ । तपाईहरुले यसलाई एक महिना वा हप्तामा २ / ३ चोटी उपयोग गर्नसक्नुहुनेछ । यदि यसको प्रयोग राम्ररी गरेमा कपाललाई अति सुन्दर र कपाल झर्नबाट बचाउँछ ।
यो पनि हेर्नुहोस:- हप्तामै गो’रो बनाउन अपनाउ’नुहोस् यी उपाय ! :-घाममा डढ्ने समस्या पनि आउँछ । घाममा डढन बाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छः
१) छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ ।
२) घा’मले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस् ।
३) जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ ।
४) घ्युकुमारीमा छाला लाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्यु कुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नु होस् र छालामा लगाउनुहोस् ।
५) चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ ।
६) काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ ।
७) कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घाम बाट डढेको छालाको सौन्दर्य लाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस् ।
८) पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो । तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ ।
९) कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस् ।
१०) उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घा’ममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस्।
११) चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस् । हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै ।
