१ मंसिर २०७७, सोमबार   258 पटक हेरिएको


image

(Securities Board of Nepal) नेपाल धितोपत्र बोर्डले अबको केही समयमा नै सेयर कारोबारमा धितोपत्र दलाल कम्पनीहरुले लिन पाउने कमिसन घटाउने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एक अन्तर्बार्ताको क्रममा बताएका छन ।  

 अध्यक्ष ढुंगानाले लगानीकर्ताले अनलाइनबाटै सेयर खरिद बिक्री गर्न सक्ने भएकाले मध्यस्तकर्ताका रुपमा रहने धितोपत्र दलालको भूमिका नगण्य हुने भएकोले  दलालहरुलाई तिर्नु पर्ने कमिसन धेरै भएको भन्ने  सबैतिरबाट गुनासो आएकाले त्यसलाई बोर्डले घटाउन लागेको बताए ।  अध्यक्ष ढुंगानाले एक पटक  लगानीकर्ता र धितोपत्र दलालहरुसँग छलफल गरेपछि कमिसन कति घटाउने भन्ने कुराको टुंगो लाग्ने पनि बताए , सो छलफल चाडपर्ब सकिए पछि चाडै गर्ने बताऊनु भएको छ ।

अध्यक्ष ढुंगानाले  अबका दिनहरुमा  आइपिओ निस्कासन बुक विल्डिंग विधिबाट हुने बताए । उनले अहिले बजार जम्मा जम्मी ३ सेक्टरले मात्र चलाएको जसमा बैंक तथा बित्त कम्पनी, बिमा ,र हाइड्रोले धानेको अवस्था रहेको सोही अन्तर्बार्ता को क्रममा जानकारी दिनु भयो , र अबका दिनमा अरु सेक्टरलाई पनि धितो पत्र बोर्डमा ल्याउनु पर्ने पनि जानकारी दिनु भयो । अबका दिनहरुमा  आइपिओ निस्कासन बुक विल्डिंग विधिबाट हुने बताए । 


त्यसका लागि योग्य लगानीकर्ताहरुको आवेदन संकलनको काम भइरहेको बताउँदै उनीहरुको सूची महिनै पिच्छे अपडेट गरिने बताए । बोर्डका अध्यक्ष ढुंगानाले अब मर्ज हुने कम्पनीहरुका लगानीकर्ताले सेयर कारोबार गर्न लामो समय कुर्नु नपर्ने बताए । सो को लागी ऊनिहरुले त्यसको लागी काम गरिरहेको जानकारी गराउनु भयो ।





सम्बन्धित समाचार