१ मंसिर २०७७, सोमबार   47 पटक हेरिएको


image

तिहारको मुख्य दिन आज भाई टिका ,यस दिन दिदीबहिनी र  दाजुभाइले  टीका लगाइदिने परम्परा रहेको छ । आज टिकाको बिशेष समय  मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ।राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको तर दिदीबहिनीले दाजुभाइलाई जुनसुकै समयमा पनि टीका लगाइदिन हुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

भाइटीकामा सप्तरंगी टीका लगाउने उक्ति प्रचलनमा रहेको र अनेकन गीतसमेत बनेको भए पनि खासमा पञ्चरंगी टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम ले जानकारी गराऊ भयो ।

भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

टीका लगाइसकेपछि सयपत्री, मखमली र गोदावरी फूलको माला, अनेकन परिकार र मिठाईले दाजुभाइलाई दिदीबहिनीले सत्कार गर्ने परम्परा रहेको छ भने  यसैगरी दाजुभाइले भने दिदीबहिनीलाई विभिन्न वस्त्र, दक्षिणा दिँदै एकार्काको दीर्घ जीवनको शुभकामना तथा आशीर्वाद लिनेदिने  प्रचलन रहेको छ ।

अब टिका लगाऊदा कसरी र कुन दिशा बिशेष महत्व राख छ भने हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय मान्यता रहेकाले भाइटीका लगाउँदा पनि टीका थाप्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँतिर पार्नुपर्ने हुन्छ । त्यसैले टीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ । यसो गर्दा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । अहिले चन्द्रमा वृश्चिक राशी रहेको र यति बेला उत्तर दिशामा हुने भएकाले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्ने बताइएको हो ।





सम्बन्धित समाचार