१ मंसिर २०७७, सोमबार   57 पटक हेरिएको


image

मेष 

श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्।  खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ।

वृष 

व्यवसायमा आम्दानी बढ्नेछ। मेहनत गर्दा अवसर भने पाइनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।

 मिथुन 

भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा आस्थामा मन लाग्नेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

 कर्कट 

नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नराम्रो  समाचार सुन्नु पर्ने हुन  सक्छ। अध्ययनमा राम्रो नभए पानी  भने व्यापारमा थोरै फाइदा हुनेछ। । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।

 सिंह 

अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ।

 कन्या 

रमाइलो यात्राको अवसर जुट्न सक्छ। सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। आफ्नो धनमाल सुरक्षामा पनि अलि सावधान हुनुहोला।

 तुला 

व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला। प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै आफ्नो साथ  ल्याउन सकिनेछ। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ।

वृश्चिक 

प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। 

 धनु 

टाढाको  यात्रा गर्ने अवसर आउनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।धर्म कर्ममा मन जाने छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ।

 मकर 

समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ब्यबसाय सुरु गर्ने अवसर रहेको छ  साथै आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।

 कुम्भ

मेहेनतले  महत्वपूर्ण काम दिलाउन सक्छ। काम गरेर धेरैको मन जित्न सकिनेछ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। मानसम्मान पनि पाइनेछ। अरूको विश्वासमा गर्दा धोका पाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेतले अवसर दिलाउन सक्छ।

 मीन 

प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ होला। रमाइलो यात्राको योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार