३० कार्तिक २०७७, आईतवार   45 पटक हेरिएको


image

मेष 

आज कुनै महत्त्वपूर्ण कार्य तथा निर्णयमा सहभागी भईएला। साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।आजको दिन तपाईंलाई कुनै नयाँ काम कारोबार तथा व्यवसाय गर्ने सोच बिचार आउला , तपाईंले आज गरेका काम अधुरो हुनेछैन ,

वृष 

तपाईं आज कुनै न कुनै क्षेत्रमा प्रशंसित हुनुहुनेछ।टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । आजको दिन कुनै पदिय जिम्मेवारी बढ्ला, भाग्योदयको समय छ । कुनै बिद्या तथा प्रमार्थ चिन्तनमा समय बित्ला

 मिथुन 

आजको दिन शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला,आज बजार घुम्ने अवसर मिल्नेछ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । धर्म,कर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आज कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला  दिउसोबाट आखामा समस्या आउनसक्छ।

 कर्कट 

नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ।

 सिंह 

 लगानी गरे अनुसार को प्रतिफल पाउने योग छ। आफन्तहरूको घरमा भेटघाटको लागि छोटो यात्रा गर्नाले आफ्नो दैनिक व्यस्त तालिकाबाट सान्त्वना र विश्राम मिल्नेछ। पारिवारिक अवस्था राम्रो रहेको छ  । सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

 कन्या 

आजको दिन तपाईंलाई धन आर्जनका नयाँ नयाँ मार्गहरु खुल्लान, नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, आजको दिन तपाईंको आफ्नै खुबिले सफलता मिल्ला।

 तुला 

आँटेका काम पनि सजिलै बन्नेछन । सहयोगीहरूले काममा साथ दिनेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।        आजको दिन तपाईंलाई भाईबन्धुको प्रगति र उन्नतिको खवरले मन आनन्दित बनाउला, कुनै पनि किसिमको भागबन्डाको हिस्सेदार बनिएला वैदेशिक रोजगारको अवसर पनि आउनसक्छ।

वृश्चिक 

कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । नयाँ नयाँ विचारले आजको दिन तरंगित गराउला, शुभ कार्यको थालनी हुनाले मन प्रशन्न रहला। आजको दिन दुर्गा देवीको आराधना गरे राम्रो होला।

 धनु 

आजको दिन कुनै पनि धार्मिक तथा आध्यात्मिक कार्यहरू गरिएला, शैक्षिक क्षेत्रमा पनि नयाँ नयाँ अवसरहरु आउलान, संतान पक्षको साथ र सहयोग पाइएला, कुनै पनि साहित्यिक तथा रचनात्मक कार्यमा सहभागी भईएला।

 मकर 

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

 कुम्भ

 प्रेममा वृद्धि होला, बिदेश यात्राका अवसर पनि आउनसक्छ, कुनै पनि मनोरञ्जनात्मक कार्यमा सहभागिताले मन प्रसन्न रहला।

 मीन 

सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार