२९ कार्तिक २०७७, शनिबार   87 पटक हेरिएको


image

यो सालको भाईटिका मंसिरमा  परेकोले लगाउनु हुदैन भनेर जनमानस  एक प्रकार को नकारात्मक हल्ला फिजाएको छ तर  पञ्चाङ्ग निर्णायक समितिले  यसमा कुनै सत्यता नभएको र यो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ । हल्लामा दाजुभाई ले टोपी लगाएर लगाऊनु पर्ने , कुनैनिश्चित दिशा फर्केर लगाऊनु पर्ने आदी मिथ्या हल्ला चलाएका थिए ।

 समितिले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको हल्ला मिथ्या हो सो को सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजेको उत्तम समय भनेको छ। सो साईत टिका लगाऊन उत्तम साहित रहेको र त्यों दिन भरी नै टिका को राम्रो साईत परेकोले दाजुभाई दिदि बहिनिले टिका लगाऊन सकिने जनाएको छ ।

यो साल मलमासका कारण केही समय पछि सरेको र  तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ , तर बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भए पनि यसमा कुनै सत्यता नरहेको समितिले जनाएको  छ ।





सम्बन्धित समाचार