२९ कार्तिक २०७७, शनिबार   122 पटक हेरिएको


image

मेष 

आजको दिन रमाइलो भोजनमै बित्ला।साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।आजको दिन तपाईंलाई शारीरिक तथा मानसिक सुख प्राप्त होला । तपाईंको काम गरिदिने बिस्वासिलो मान्छे पाइएला। मिष्टान्न भोजनको अवसर प्राप्त होला ।

वृष 

 दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ । केहि काम गरि रहनु भएको छ भए त्यसैमा लाग्नु होला । मन चंचल हुने खालको समय रहेको देखिन्छ । धन अलि बढी खर्च हुने खालको समय रहेको छ ।प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

 मिथुन 

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । आजको दिन अनेक प्रकारका लाभ प्राप्त होला , भाग्यमा वृद्धि हुने समय आएको छ,आर्थिक तथा सामाजिक पक्ष बलवान् होला, आज कुनै पनि स्थानबाट शुभ समाचार आउने योग छ ।सहयोगीहरूले राम्रो साथ दिनेछन । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

 कर्कट 

सहयोगीहरूले काममा साथ दिनेछन ।आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भावपनि बढ्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

 सिंह 

 साथीहरूसँगका गतिविधिहरु रमाइला हुनेछन् । । तपाईंका प्रियले तपाईंलाई खुसी राख्ने कुराहरू गर्नेछन्। तपाईंको वैवाहिक जीवन राम्रो छ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

 कन्या 

काम अनुसारको फल प्राप्त हुने योग रहेको छ । आज अध्ययनतर्फ धेरै समय जुट्न जान नसक्ला। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। धन सम्पत्ति तथा मान,सम्मानमा वृद्धि होला ,वैदेशिक रोजगारका अवसरहरु पनिक आउलान कुनै पाटी तथा बैवाहिक कार्यमा सहभागी हुन पाईएला।

 तुला 

कुनै नयाँ कार्य वा कार्य गर्नेबिचार आउला। आजको दिन तपाईंको पराक्रम देखेर सबै छक्क पर्नेछ्न। अधुरा कामहरु सप्पन्न होलान् , दाजुभाइको सहयोग प्राप्त हुनेछ सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन ।

वृश्चिक 

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ  तपाईको लागि फलदायी समय आएको छ । नयाँ कामको लागि सुनौलो अवसर आएको छ ।

 धनु 

शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रगति गरिएला, आजको दिन कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आजको दिन तपाईंको बुद्धि तथा विवेकमा वृद्धि होला,

 मकर 

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कुम्भ

 आजको दिन साझेदारी व्यवसाय गर्दा सावधानी अपनाउनुहोला। तपाईंले आफ्नो अतिरिक्त पैसा आउने समयमा लाभ हुने सुरक्षित स्थानमा राख्नुहोस्। अरूलाई विश्वस्त गर्ने क्षमताले आउने समस्याहरूको समाधान गर्न मद्दत गर्नेछ। आजको दिन प्रेम बढ्ने दिन रहेकोे छ , परिवार तथा प्रेमिकासंग कुनै रमाइलो स्थानको यात्रा होला,

 मीन 

आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । स्वास्थ्यका लागि खान पिन  अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। न्यायिक कार्यमा सफलता मिल्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार