२९ कार्तिक २०७७, शनिबार   64 पटक हेरिएको


image

रौतहट,   रौतहट जिल्लाको कटहरी नगरपालिका ६ स्थित दुधियाभार इलाकाबाट कार्तिक २७
गते एपीएफ टोलीले करीब चार लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा सहित एक जनालाइ पक्राउ गरेको छ ।


 ना १ च ३९६० नम्बरको पिकअप भ्यानमा राखेर अवैध रुपले ल्याउदै गरेको
उल्लेखित लत्ताकपडा गौरबाट कटहरीतर्फ लैजादै गरेको अवस्थामा सशस्त्र
प्रहरी बल, नेपाल सुरक्षा बेश दुधियाभारबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो । त्यसबेला एपीएफ टोलीले उक्त गाडीका चालकलाई पक्राउ
गर्नुकासाथै सो गाडीसमेत बरामद गरेको छ ।


एपीएफ टोलीले पक्राउ परेका सो गाडीका चालक निज यादव लाई बरामद लत्ताकपडा
तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ
। बरामद गाडीको भन्सार दाखिला मुल्य पाँच लाख रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार