२८ कार्तिक २०७७, शुक्रबार   153 पटक हेरिएको


image

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मेडिसिन संस्थानको हिस्सा नेपालको ओर्थोपेडिक्सका प्राध्यापक ,परोपकारी कार्यकर्ता , चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण  पुष्टि समाचार प्राप्त भएको छ।

हिजो बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए।

पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगीले जानकारी दिए। उहाँलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ’, उनले  भने ।


अहिले डाक्टर  केसीको  महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको उहाको सहयोगीले बताए । डाक्टर गोविन्द केसी नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागी पटक पटक अनसन  बस्ने गर्नु भएको थियो ।





सम्बन्धित समाचार