अब फेरी सरकारी तवरबाट (कोभिड १९) कोरोना संक्रमितको निःशुल्क पिसिआर परीक्षण हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: सरकारी अस्पतालमा कोरोना परीक्षण निःशुल्क गर्ने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयसँगै शुक्रराज अस्पतालले एक सूचना जारी गरी लक्षण देखिएका व्यक्तिहरुको मात्र निःशुल्क परीक्षण गर्ने जनाएको हो।

बिभिन्न प्राईभेट तथा सरकारी अस्पताल र शुक्रराज अस्पतालले पिसिआरको शुल्क दुई हजार रुपैयाँ तोकिएको छ। अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरूको उपचार निःशुल्क भएको अस्पतालले जनाएको छ। तर भर्ना भएकामध्ये कुनै व्यक्तिले बिमा गरेको भए उसको सबै परीक्षण र उपचार खर्च बिमा रकमबाट व्यहोरिने सूचनामा उल्लेख छ। तर अस्पतालले कोरोना परीक्षण गर्दा कोरोना पोजेटिव देखिए स्वास्थ्य बिमालागू नहुने शुल्क लिने र नेगेटिव देखिए स्वास्थ्य बिमा लागू भईरहेको छ ।
यस अघि सरकारले कोरोना परीक्षणमा शुल्क लिनु भन्दै निर्देशन गरेपछि टेकु अस्पतालले पनि पिसिआर परीक्षण र कोरोना संक्रमितको उपचारमा शुल्क लिँदै आएको थियो।