२८ कार्तिक २०७७, शुक्रबार   405 पटक हेरिएको


image

काठमाडैं । सानिमा बैंक लिमिटेडको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको उक्त सभाले संचालक समितिले गत आर्थिक बर्ष (२०७६/७७ ) को कमाईबाट प्रस्ताव गरेको १० % वोनस शेयर र ३.६०% नगद लाभांश पारित गरेको छ।

बैंकका अध्यक्षको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसारको लाभांश पारित गरेको हो।

सभा प्रत्यक्ष उपस्थित भई तथा  बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।सो बैंकको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट  आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नगद प्रबाह बिबरण आदि प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने कार्य पूरा गरेको छ ।





सम्बन्धित समाचार