२८ कार्तिक २०७७, शुक्रबार   68 पटक हेरिएको


image

बैतडी । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा दार्चुला, कञ्चनपुर र कैलालीका २/२ बैतडीका ३ जना रहेका छ।

बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी,दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ का जगन्नाथ ओझा, दार्चुला कै लेकम गाउँपालिका-४ का तर्कराज गिरी को सो दुर्घटनामा मृत्यु भएको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका-१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडानम्बर १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
दुर्घटनामा परेको बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।





सम्बन्धित समाचार