२८ कार्तिक २०७७, शुक्रबार   80 पटक हेरिएको


image

मेष 

लाभदायकयात्रा होला । साथीको बिशेष सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्ने समय रहेको छ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।

वृष 

अध्ययन तथा अध्यापनमा मन जाने समय रहेकोे छ,मानसम्मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, दिउँसो पख भने शारीरिक पिडा हुनसक्छ ।

 मिथुन 

परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

 कर्कट 

आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भावपनि बढ्नेछ । नया ज्ञान सिकने अवसर रहेको छ ।

 सिंह 

आटेको काम पूरा हुने योग रहेको छ ।  साथी भाई तथा मित्रहरूले सहयोग गर्नेछन् ।  आज आर्थिक घाटाको सम्भावना देखिन्छ। भेटघाट गर्ने अतिथिहरूले सांझ बिताउनेछन्।नया उद्योग तथा ब्यापारमा समय जुटने छ ।  

 कन्या 

यात्रा को योग रहेको छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले राम्रै फाइदा दिलाउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। जस्तो पायो तेस्तै बचन दीदा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

 तुला 

आज खर्च बढ़ने दिन रहेको छ । आजको दिन तपाईंलाई गाडी साधन बाहन तथा पशु चौपायाबाट लाभ होला , आमाको स्वास्थ्य कमजोर हुनाले मन खिन्न रहला,तपाईंको इच्छा बिपरित धन खर्च होला।

 वृश्चिक 

ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।आजको दिन तपाईंलाई खुट्टा तान्ने हरुको पनि कमि हुनेछैन, शिक्षासम्बन्धि कुनैपनि नयाँ अवसर हरु पनि आउनसक्छ, धार्मिक तथा सामाजिक काॠ गरिएला।

 धनु 

अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

 मकर 

धर्मं कर्म मा मन जानेछ । आफ्नो कामको दक्षतामा वृद्धि गर्न नयाँ प्रविधीमा प्रयोग गर्नु पर्ने छ   । आजको दिन तपाईंलाई पत्नी तथा पुत्रको सहयोग प्राप्त होला कुनै पनि नयाँ स्थानको भ्रमण होला, अनुहारमा कान्ति तथा सुन्दरता आउनेछ, मन परेको व्यक्तिसँग भेट होला।

 कुम्भ 

बैदेसिक यात्रा मा काम बन्ने सकनेछ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ।

 मीन 

अरुलाई प्रभाब पारी काम बन्ने योग रहेको छ । तपाइँका लागि आजको दिन नयाँ बिचार तथा सृजना लिएर आउनेछ । मनमा सेवाको भाव आउला । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुनपनी सकिने योग छ ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार