
काठमाण्डौं:- युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते भोलिबाट एफपीओ निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।
लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर एफपीओ मार्फत निष्काशन गर्न लागेको हो।
युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन पछि संस्थाले एफपीओ निष्काशन गर्न लागेको हो ।
यस लघुवित्त संस्थाको शेयर निष्काशन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २५ गते सम्म आबेदन दिन सकिने जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस कम्पनीको शेयर आबेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति आस्बा सेवामा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
यस कम्पनीको शेयर निश्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।