९ जेष्ठ २०८०, मंगलवार   8 पटक हेरिएको


image

काठमाण्डौ :- कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ। 

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। 

सो शेयरमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

सर्व-साधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई बैदेशिक रोजगार रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १००० कित्ता सम्मको लागि आबेदन दिन सक्नेछन । यस कम्पनीको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार १ गते र ढिलोमा असार १७ गते सम्म आबेदन दिन सकिने जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार १ गते भित्र आवेदन दिनु पर्ने छ । स्थानिय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनएमबि क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार