८ जेष्ठ २०८०, सोमबार   9 पटक हेरिएको


image

काठमाण्डौ:-  रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्व-साधारण लगानीकर्ताका लागि जेठ १८ गतेबाट शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्ता मध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।

सो मध्ये ८७ लाख ६७० कित्ता सेयर बाँडफाँट र बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता सेयर थप गरि सर्वसाधारणलाई  कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर निष्काशनमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल मध्ये १५ हजार ४७ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ३७ लाख ६१६ कित्ता  सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्ब साधारणका लागि खुल्ला गर्ने भएको छ ।

 इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।यस कम्पनीको शेयर निष्काशन बन्द छिटोमा जेठ २२ गते र ढिलोमा जेठ ३२ गते सम्म आबेदन दिन सकिने जनाएको छ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै, मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार