२७ कार्तिक २०७७, बिहीबार   39 पटक हेरिएको


image

 गत २०७६  चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपाली बाहेकलाई प्रवेशमा रोक लगाईंदै आएको छ। कोरोना भाईरसको बढ्दो संक्रमणले गर्दा सरकारले नाका बन्द गर्दै आएको हो  ।

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सिमा नाकामा लगाईंदै आएको प्रतिबन्ध मंसिर ३० गतेसम्म अर्थात एक महिना लम्ब्याएको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। यसअघि कात्तिक ३० गतेसम्म उक्त प्रतिबन्ध लगाइएको थियो।







सम्बन्धित समाचार