५ जेष्ठ २०८०, शुक्रबार   10 पटक हेरिएको


image

काठमाण्डौ :- हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला  गर्ने भएको छ।

कम्पनीले १:०.७५ कित्ताको अनुपातमा शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ताको  १ अर्ब २० करोड रुपैयाँ हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि बैशाख २७ गते बुकक्लोज गरेको थियो। यस कारण गत बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरमा असार १० गते सम्म आवेदन दिन सकिने जनाएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यस कम्पनीको हकप्रद शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणाली , मेरो शेयर एप र पोर्टलबाट पनि आबेदन दिन सक्ने छन । 





सम्बन्धित समाचार