४ जेष्ठ २०८०, बिहीबार   10 पटक हेरिएको


image

काठमाण्डौं:- सिटी होटल लिमिटेडले सर्व-साधारणको लागि निष्काशन गरेको साधारण शेयर  शुक्रबार ५ गते  बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओमा ११ लाख ६१ हजार २८० आवेदकबाट एक अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ८८ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारलाई निष्काशन गरिएको १३ लाख ५५ हजार ९४० कित्ता शेयरको ९.४३ गुणा बढी हुन आउँछ ।यस कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले शेयर बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।

त्यस कारण कुल आवेदक मध्यबाट  १ लाख ३५ हजार ५९४ जना आवेदकले शेयर प्राप्त गर्न सक्ने छन  ।





सम्बन्धित समाचार