PalikaExpress
२ जेष्ठ २०८०, मंगलवार
12 पटक हेरिएको

काठमाडौं:- नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ ।
कोषले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कोषको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णय न. २९४१ ले शेयरधनीहरुलाई बोनस शेयर २५ प्रतिशत र नगद लाभांश १.३२ प्रतिशत (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन ।