३१ बैशाख २०८०, आईतवार   16 पटक हेरिएको


image

काठमाण्डौं:- कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक ,योजना ब्यबस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको आरविवि म्युचुअल फण्ड अन्तरर्गत संचालन हुने आरविवि म्युचुअल फण्ड-२ को इकाईका लागि आवेदन दिने आज बैशाख ३१ गते अन्तिम दिन रहेको छ।

सो फण्डको इकाईका लागि आज बैशाख ३१ गते सम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिने कुल इकाई मध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यस म्युचुअल फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा १ करोड २० लाख इकाई सम्म आवेदन दिन सकिने छ।यो एक बन्दमुखी योजना हो।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त आश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्ने छन ।





सम्बन्धित समाचार