२६ बैशाख २०८०, मंगलवार   21 पटक हेरिएको


image

काठमाण्डौं :- प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बैशाख २५ गते बसेको संचालक समितिको १४० औ बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७७/०७८ को चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र नगद लाभांश ०.५२६ प्रतिशत ( कर प्रयोजनका लागि ) गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सो प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्ने सक्ने छन ।





सम्बन्धित समाचार