PalikaExpress
२४ बैशाख २०८०, आईतवार
21 पटक हेरिएको

काठमाण्डौं:- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।
हाइड्रोपावर कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठक न. ४-०२ ले गरेको निर्णयानुसार हाल कायम चुक्ता पुँजीमा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
बैठकले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताब पुर्ब स्वीकृतिका लागि पेश गर्ने जनाएको छ ।

यस कम्पनीले ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मेगावाटको निर्माणको लागि १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।