२४ बैशाख २०८०, आईतवार   21 पटक हेरिएको


image

काठमाण्डौं:- मोदी ईनर्जी लिमिटेडको  वैशाख १९ गते देखि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा  आज बैशाख २४ गते आवेदन दिने अन्तिम दिन रहेको छ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  बाँडफाँट गरिसकेको छ ।

साथै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयर सर्व-साधारणका लागि निष्कासन गरेको हो ।यस कम्पनीको शेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको शेयर छिटोमा वैशाख २४  गते र ढिलोमा जेठ २ गतेसम्म सम्म आवेदन दिन सक्नेछन । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार