२४ बैशाख २०८०, आईतवार   20 पटक हेरिएको


image

काठमाण्डौं:- अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेबाट साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्बप्रथम आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ लाख २० हजार कित्ताको २ करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स. वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ्ग गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं. ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ६५ हजार कित्ताको ६५ लाख रुपैयाँ बराबरको साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृती लिई बैदेशिक रोजगार रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

यस कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्ता , अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ १६ गते हुनेछ भने ढिलोमा जेठ ३० गते हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ १६ गते सम्म  आवेदन दिन सक्ने छन। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्।





सम्बन्धित समाचार