PalikaExpress
२७ कार्तिक २०७७, बिहीबार
1124 पटक हेरिएको

साताको अन्तिम दिन आज (बिहीबार) तिहार अघिको अन्तिम दिन आज शेयर बजार उकालो लागेको छ । बिहीबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.८२ अंकले बढेर १७१८.४९ अंकमा पुगेको छ । नेप्से ०.६३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ अंकले बढेर ३३८.८९ मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीको एक करोड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेको कारोबार यो साता नै बृद्धि हुदै आज ४ अर्ब बढ़ीको कारोबार भएको छ ।

त्यसैगरी, नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये बिहीबार ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।
