PalikaExpress
२७ कार्तिक २०७७, बिहीबार
366 पटक हेरिएको

एनआइसी एशिया बैंकले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । बैंकले आफ्नो रजिष्टर्ड कार्यालय, थापाथली, काठामाडौँमा बिहान ९ गते सो सभा डाकेको हो।

कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको ४६२ औँ बैठकले सो निर्णय गरेको हो। २०७७ मंसिर १० देखि २१ सम्म बुक क्लाज रहनेछ ।
मंसिर ०९ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधिन्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।कम्पनीको २३ औं साधारणसभा २०७७ मंसिर २१ गते आइतबारको दिन हुनेछ ।

साधारणसभा मार्फत कम्पनीले १९% बोनस सेयर र १% नगद लाभांश प्रस्ताव पारित गर्ने भएको छ ।
हाल यस कम्पनीको चुक्तापुँजी ९ अर्ब ७१ करोड रहको छ ।