२७ कार्तिक २०७७, बिहीबार   34 पटक हेरिएको


image

मेष 

आजको दिन मन कर्म बचनले खुलेरै सामाजिक सेवा गर्ने अवसर प्राप्त होला, राज्यपक्षको सहयोगले कुनै बिशिस्ट कार्यहरू समापन होलान ।काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।

वृष 

आजको दिन केहि मात्रामा अनुकुल छ, नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जन हुने तथा ईज्जत प्रतिष्ठामा वृद्धि होला, वैदेशिक रोजगारका अवसरहरु प्राप्त होलान्, तर मध्याह्न पछी टाउको तथा कानमा समस्या आउनसक्छ।

 मिथुन 

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

 कर्कट 

 साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।आफ्नो परिवारको महानता र केही सार्थक काममा जोखिम लिनुहोस्। नडराउनुहोस्, किनभने छुटेको मौका कहिल्यै फिर्ता नआउन सक्छ । तपाईंले आफ्नो योजनामा आफ्ना साझेदारहरूलाई पत्यार गराउँदा समस्या पर्नेछ। । आजको दिन शरीर स्वस्थ्य तथा तन्दुरुस्त रहला, तपाईंको बल तथा बुद्धिको चारैतिर प्रशंसा होला, ईज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, धैर्यता तथा साहसले नयाँ कार्यहरू बन्नेछन् ।

 सिंह 

 धेरै बोल्दा समस्या आउन सक्छ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला।

 कन्या 

आजको दिन धैर्यता तथा साहसले बिग्रेका कार्यहरू सप्पन्न हुनेछन् ,दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोग पाईनेछ,आजको दिन तपाईं महत्वाकांक्षी हुनुहुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

 तुला 

बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन । तपाईंलाई आजको दिन विभिन्न प्रकारका निर्माण कार्यहरू गर्ने अवसर आउला, परोपकारको भावना आउनाले सबैको प्यारो भईएला, कुनै फुलबारी तथा रमणीय स्थानको यात्रा होला।

 वृश्चिक 

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

 धनु 

 आज तपाईंलाई प्रदान गरिएका लगानी योजनाहरुमा तपाईंले दुई पटक हेर्नुपर्छ। तपाईंले कठिन जस्ता देखिने समस्याहरूको हल गर्न आफ्ना सम्पर्कमा भएका मान्छेहरूको प्रयोग गर्न आवश्यक छ। नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।

 मकर 

 परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगीहरूले भने साथ दिनेछन्। प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। तर लक्ष्यमा पुग्न समय लाग्नेछ। चिताएको मूल्य प्राप्त भए पनि मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।

 कुम्भ 

आजको दिन तपाईंलाई खुट्टा तथा छालामा समस्या आउनसक्छ, रोग व्याधी तथा मानसिक चिन्ताले सताउँला, आकस्मिक धन लाभ पनि हुनसक्छ ।

 मीन 

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । मनमा शिथिलता तथा हृदयमा उदारता आउला, दान तथा धर्ममा रुचिहोला कुनै पनि स्थानको तिर्थयात्रा तथा शुभकार्यका लागि यात्रा होला, आज विशेष प्रकारको ज्ञान प्राप्त हुने समय छ ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार