१९ चैत्र २०७९, आईतवार   35 पटक हेरिएको


image

काठमाण्डौं:- किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने चैत १९ गते  आज अन्तिम दिन रहेको छ।

लघुवित्तको बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि  चैत २० गते भोली देखि बुक क्लोज गर्दैछ। यसकारण आज सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यस लघुवित्त संस्थाको बार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

लघुवित्त संस्थाको चैत २८ गते मंगलबार बिहान ११ बजे देखि र्याकेट इभेण्टस बुढानिलकण्ठ काठमाडौँमा चौथो वार्षिक साधारण सभा हुने जनाएको छ।  

गत फागुन ९ गते बसेको सञ्चालक समितिको ११२ औ बैठकले गरेको निर्णयानुसार  हाल कायम चुक्ता पूँजीको बोनस शेयर ७ प्रतिशत र नगद लाभांश ०.३६८४  प्रतिशत (कर प्रयोजनका लागि ) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले सर्वसाधारण तथा संस्थापक शेयरको स्वामित्व परिवर्तन गर्ने, एफपीओ शेयर  निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु सोहि सभाले पारित गर्नेछ।





सम्बन्धित समाचार