
काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाले पाँचौ बार्षिक साधारण सभा वैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महागनरपालिका वडा नं. ८ सुनसरीमा बिहान ९ बजे देखि शुरु हुने जनाएको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कर सहित १४.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, उक्त सभामा संस्थाको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका अन्य वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।
चालु आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
संस्थाको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १ गते देखि बुक क्लोज हुने कम्पनीले जनाएको छ ।
त्यसकारण चैत ३० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

