
काठमाण्डौ :- मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गते आजदेखि सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृत लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि शेयर निष्कासन पछि सर्व-साधारणको लागि दोस्रो चरणमा शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ४९ हजार ४०० कित्ता निष्काशन गर्न लागेको हो। जसमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।
सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। यस कम्पनीको साधारण शेयर (आईपीओ) छिटोमा चैत २२ गते र ढिलोमा आगामी वैशाख ३ गते सम्मका आबेदन दिन सक्ने छन ।
यस कम्पनीको शेयरमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आबेदन दिन सक्ने छन ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।