
काठमाण्डौ :- मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गते भोलि देखि सर्व-साधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृत लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि शेयर निष्कासन पछि सर्व-साधारणको लागि दोस्रो चरणमा शेयर निष्कासन गर्न लागेको हो ।
स्थानीय बासिन्दाको लागि ७ लाख ६० हजार कित्ता सेयर छुट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको ८१ हजार ४०० कित्ता सेयर समेत थप गरी सर्व-साधारणमा जारी हुन लागेको हो ।
हाइड्रोपावरले जारी पूँजी रू ७६ करोडको ३० प्रतिशत अर्थात रू २२ करोड ८० लाख बराबरको सेयर स्थानीयमा समेत सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो ।
दोस्रो चरणमा बिक्री गर्न लागिएको कुल कित्ता सेयरमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरि बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
यस कम्पनीको साधारण शेयर (आईपीओ) छिटोमा चैत २२ गते र ढिलोमा आगामी वैशाख ३ गते सम्मका आबेदन दिन सक्ने छन ।
यस कम्पनीको शेयरमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आबेदन दिन सक्ने छन ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।