१८ चैत्र २०७९, शनिबार   46 पटक हेरिएको


image

काठमाण्डौ:-  महालक्ष्मी बिकाश बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।

बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा “ १० वर्ष ,११ प्रतिशत ,महालक्ष्मी डिबेञ्चर–२०८९ ” नामक ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकले प्रति कित्ता १००० रुपियाँ अंकित दरका १० लाख कित्ताको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो।

सो मध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने जनाएको छ।

यस बैंकको सो ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार