१८ चैत्र २०७९, शनिबार   45 पटक हेरिएको


image

काठमाण्डौं:- बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्व-साधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका २५ लाख ८० हजार कित्ता निष्काशन गर्ने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय काठमाण्डौमा नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फ बाट अध्यक्ष रामचन्द्र हस्ताक्षर गरेका छन् ।





सम्बन्धित समाचार