१६ चैत्र २०७९, बिहीबार   40 पटक हेरिएको


image

काठमाण्डौ:- रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत २३ गते देखि सर्ब साधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा खोटाङ्ग जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स.) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्ने छन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५६ हजार कित्ताको ५६ लाख रुपैयाँ बराबरको शेयर बैदेशिक रोजगारमा रहेका  नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

यस कम्पनीको शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतममा १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा २ हजार ८०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा २०८० वैशाख ७ गते र  ढिलोमा वैशाख २२ गते हुने जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख ७ गते सम्म आवेदन दिनु पर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्।

साथै,नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी-आस्बा सेवामा सदस्य  बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार