१५ चैत्र २०७९, बुधबार   31 पटक हेरिएको


image

काठमाण्डौ:- भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गते देखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

जसमध्ये १ लाख ८ हजार ८११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। यस कम्पनीको शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्।

यस कम्पनी सो शेयर निष्काशन बन्द छिटोमा चैत २७ गते र  ढिलोमा  वैशाख ७ गते हुने जनाएको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सदस्य प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

साथै मेरो शेयरबाट  पनि आवेदन दिन सक्ने छन्।





सम्बन्धित समाचार