
काठमाण्डौ:- सिटी होटल लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
होटलले सर्व-साधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर जारी गर्ने भएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्विकृत लिई वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म र इच्छुक सर्व-साधारणका लागि वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म आबेदन खुल्ला रहने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० % अर्थात १६ करोड ७४ लाख रुपियाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्न लागेको हो ।
कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता शेयरका लागि इच्छुक सर्व-साधारणहरुले आवेदन दिन सक्ने जनाएको छ ।यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।