१२ चैत्र २०७९, आईतवार   37 पटक हेरिएको


image

काठमाण्डौ:- एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।

बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा “एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०” नामक ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैंकले प्रति कित्ता १००० रुपियाँ अंकित दरका ४० लाख कित्ताको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो। जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ।

इच्छुक  लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।यस बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सी-आस्बा सेवामा सदस्य  बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट र  मेरो शेयरबाट आवेदन दिन सकिनेछ।





सम्बन्धित समाचार