१२ चैत्र २०७९, आईतवार   36 पटक हेरिएको


image

काठमाण्डौ:- गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  लाभांश घोषणा गरेको छ ।

कम्पनीको  चैत ९ गते बसेको सञ्चालक समितिको १९९ औ बैठकले  आथिर्क वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १३.२७  प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बराबरको २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर दिने भएको हो ।

उक्त बोनस सेयरमा लाग्ने कर सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात र कम्पनीको आगामी १३ औ बार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन  । 





सम्बन्धित समाचार