PalikaExpress
७ चैत्र २०७९, मंगलवार
42 पटक हेरिएको

काठमाण्डौ:- सिटी होटेल लिमिटेडले सर्ब-साधारणको लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीलाई शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशतका दरले प्रति शेयर १०० रूपैयाँ अंकित मूल्यमा १६ लाख ७४ हजार कित्ताको १६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले चैत्र ५ गते अनुमति दिएको छ ।
यस कम्पनीको सेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।