
काठमाण्डौ:- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ ।
संस्थाको सञ्चालक समितीको चैत ५ गते बसेको बैठकले गरेको निर्णयानुसार साधारण सभा चैत २९ गते टल टास्क इन्टरनेशन बुद्धचोक पोखरामा बिहान ९ बजेदेखि सुरु हुने जनाएको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित बोनस सेयर १९ प्रतिशत र नगद लाभांश १ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा पारित गर्नेछ ।
त्यसैगरी सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन ,लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, साथै आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव उपर छलफल गरी पारित गर्ने छन ।
संस्थाको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी प्रस्ताव पनि रहेको छ । संस्थाको बार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि संस्थाले चैत १६ गते देखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसकारण चैत १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।