PalikaExpress
६ चैत्र २०७९, सोमबार
23 पटक हेरिएको

काठमाण्डौ:- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले शेयर प्रिमियम मूल्यमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा चैत ५ गते निबेदन दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमतिको लागि निबेदन दिएको हो ।

कम्पनीले प्रति कित्ता २९० रुपैयाँका दरमा १ करोड १२ लाख ५० हजार कित्ताको ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ ।
यस कम्पनीको शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।