५ चैत्र २०७९, आईतवार   35 पटक हेरिएको


image

काठमाण्डौ:-  मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि गत फागुन २९ गते निवेदन दिएको छ । नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १:०.३५ को अनुपातमा हकप्रद शेयर लागि जारी गर्ने छ ।

फाइनान्स कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख ८२ हजार कित्ता शेयरको १५ करोड ८२ लाख रुपैयाँ बराबरको निष्काशन गर्नेछ । 

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर निष्कासन तथा  बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।  





सम्बन्धित समाचार